कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यबहाक उपकुलपतिमा डा मंगल रावल नियुक्त

    • स्वास्थ्य पेज

  • १७ फाल्गुन २०७७, सोमबार

नेपालगन्जः जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यबहाक उपकुलपतिमा डा मंगल रावललाई नियुक्त हुनु भएको छ ।

प्रतिष्ठानका उपकुलपति डा राजेन्द्र वाग्लेको कार्यकाल आइतबार सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रीस्तरिय निर्णय गर्दै सरकारले डा रावललाई कार्यबहाकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

डा रावल प्रतिष्ठानको निर्देशक हुनुहुन्छ । कार्यबहाक उपकुलपतिमा नियुक्त भएपछि स्वास्थ्य पेजसँगको कुराकानीमा उहाँले प्रतिष्ठानको विकास र विस्तारमा जोड दिइने बताउनुभयो ।

 

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech