स्नातक तहका प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम एक हप्तामा सुरु हुने

    • स्वास्थ्य पेज

  • १७ फाल्गुन २०७७, सोमबार

काठमाडौंः मेडिकल शिक्षाको स्नातक तहका प्रवेश परीक्षा तथा भर्नाको कार्यक्रम एक हप्तामा सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरीले एमबिबिएस तथा बिडिएस, बिएन तथा बिएस्सी नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायतका स्नातक तहका प्रवेश परीक्षा तथा भर्नाको प्रक्रिया एक सातामा सुरु हुने जानकारी दिनुभयाो ।

आयोगले पूर्णता पाएपछि गतवर्षदेखि नै मेडिकल शिक्षाको वार्षिक शैक्षिक क्यालेण्डर आयोग आफैंले बनाएको थियो। तर, कोरोना संक्रमणपछि सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण शैक्षिक क्यालेण्डर अनुसार शैक्षिक कार्यक्रम संचालन हुन सकेको छैन।

लकडाउन र निषेधाज्ञाका कारण गत जेठको दोस्रो साता नै हुने भनिएको मेडिकल शिक्षाको स्नातकोत्तर तहको प्रवेश परीक्षा तथा भर्ना प्रक्रिया अहिले बल्ल चलिरहेको छ। पिजीको कक्षा संचालन चैतदेखि सुरु हुने आयोगले जनाएको छ।

अघिल्लो आर्थिक वर्षकै भर्ना प्रक्रिया तथा कक्षा संचलान कोरोना संक्रमणका कारण ढिला भएपछि आगामी वर्षको शैक्षिक कार्यक्रम पनि केही ढिला हुने प्राडा गिरीले बताउनुभयो ।

 

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech