कोरोना अपडेटः संक्रमितको संख्या दिनप्रतिदिन घट्दै

    • स्वास्थ्य पेज

  • १७ फाल्गुन २०७७, सोमबार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा ७३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ६८ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ४९ जनाको पिसिआर परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ६५ हजार ९ सय ८५ पुगेको छ।

गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ७७ पुगेको छ। हाल ६१ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ६४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech