भारतमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई आजदेखि कोरोनाविरुद्धको खोप

    • स्वास्थ्य पेज

  • १७ फाल्गुन २०७७, सोमबार

काठमाडौं: भारतमा आजदेखि दोस्रो चरणको खोप अभियान सुरु हुदैछ । दोस्रो चरणको खोप अभियानमा भारतले ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप दिने जनाएको छ ।

आउँदो जुलाई महिनासम्ममा ३० करोड नागरिकलाई खोप दिने लक्ष्य राखेको भारतले दोस्रो चरणको अभियानमा ६० वर्षमाथिका झण्डै १० करोड नागरिकलाई खोप दिने तयारी गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दोस्रो चरणको खोप अभियानमा निजी अस्पतालमा पनि खोप लगाउन पाइने छ । यसअघि पहिलो चरणको खोप अभियानमा सरकारी केन्द्रमा मात्रै खोप दिने गरिएको थियो ।

निजी अस्पतलामा कोरोना भाइरस विरुद्धको खोपका लगाएमा नागरिक आफैँले शुल्क तिर्नु पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोपको एक डोजका लागि २५० भारतीय रुपैयाँ पर्नेछ ।

भारतका १० हजार सरकारी अस्पतालमा भने कोरोनाविरुद्धको खोप निस्शुल्क लगाउन पाइनेछ ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech