पर्सिदेखि सांसदहरुलाई कोभिड १९ विरुद्धको खोप दिइने

    • स्वास्थ्य पेज

  • १७ फाल्गुन २०७७, सोमबार

काठमाडौंः सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणाको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेको छ ।

२३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि सांसदहरुलाई १९ गतेदेखि नै खोप दिइने भएको हो ।

१९ गतेदेखि खोप लागाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक गरि जम्मा १ हजार ५ सय जनाको सूची तयार पारिएको छ ।

उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech