थप ५० लाख डोज खोप खरिद गर्ने सरकारको तयारी

    • स्वास्थ्य पेज

  • १६ फाल्गुन २०७७, आईतवार

काठमाडौंः सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको प्रधान सम्पादकसँगको अन्तरक्रियामा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको जानकारी दिनुभयो । सरकारले पहिलो प्राथमिकताको खोप अभियान पुरा गरी फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने जनाएको छ ।

गत माघ ८ गते भारतले १० लाख डोज खोप अनुदानमा उलब्ध गराएको थियो भने सरकारले २० लाख डोज खोप खरिद गरी १० लाख डोज नेपाल ल्याइसकेको छ । बाँकी रहेको १० लाख डोज खोप पनि आउने क्रममा छ। सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको थियो।

सरकारले भारतको सेरम इन्स्टिच्युटबाट उक्त खोप खरिद गरेको हो। अब पनि सेरमबाट नै खोप खरिद गर्ने तयारी भइरहेको छ। सरकारले खरिद गरेको खोपबाटै फागुन २३ गतेदेखि खोप दोस्रो प्राथमिकताको खोप अभियान संचालन हुँदै छ ।

यस्तै, कोभ्याक्स मार्फत पनि करिब १ करोड ३० लाख डोज खोप नेपाल भित्रिदै छ । तर पहिलो चरणमा भने केही दिनमा नै १९ लाख खोप आउने भएको छ। सचिव अर्यालका अनुसार चीन सरकारले पनि ५ लाख डोज खोप सहयोग गर्ने निर्णय गरिसकेकाले उक्त खोप पनि आउने तयारी भइरहेको छ।

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech