काँग्रेस नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार

    • स्वास्थ्य पेज

  • १६ फाल्गुन २०७७, आईतवार

नेपालगन्जः नेपाली कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ। जोशीको सिटी स्क्यान पनि गरिएको छ। जसअनुसार उहाँको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ।

पूर्वमन्त्री समेत रहनुभएका जोशीलाई शुक्रबार बिहान मस्तिष्कघात भएको थियो । नर्भिक अस्पतालमा भर्ना भएका जोशीको आइसियुको भेन्टिलेटरमा उपचार जारी राखिएको छ।

शनिबारको तुलनामा उहाँको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको उपचारमा संलग्न न्युरो सर्जन डा राजीव झाले जानकारी दिनुभयो ।

झाका अनुसार शनिबारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाउनुभएको छ । जोशीलाई आइतबार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ। उहाँले आँखा भने खोल्नुभएको छैन् ।

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech