स्वस्थ रहन महिलाले खानुहोस् यी भिटामिन

    • स्वास्थ्य पेज

  • १६ फाल्गुन २०७७, आईतवार

महिलाको शरीरमा थुप्रै परिवर्तन दिनहुँ जसो भइरहेको हुन्छ। बद्लिँदो खानपान र दिनचर्याले शरीरमा आवश्यक पोषक तत्व पुगाइरहेको हुँदैन।

महिला घर तथा परीवारको काममा निकै व्यस्त हुनेगर्छन्। जसले गर्दा उनीहरू आफ्नो स्वास्थ्यको ख्याल नै गर्न सकिरहेका हुँदैनन्।

शरीरलाई आवश्यक पर्ने भिटामिनलाई लिएर पनि महिला सक्रिय भएका हुँदैनन्। उनीहरूलाई शरीरका लागि कुन भिटामिन कति आवश्यक छ भन्ने कुरा नै थाहा हुँदैन। र, कुन पोषक तत्वबाट कुन भिटामिन पाइन्छ भन्ने पनि वास्ता गरिरहेका हुँदैनन्।

भिटामिन बी १२

भिटामिन बी १२ ले शरीरका तन्त्रिका र कोशिकाहरूलाई स्वस्थ रूपमा सुचारु हुन सहयोग गर्छ। यसले शरीरमा राता रक्तकोषिका निर्माण गर्छ। शरीरमा उर्जा बनाइराख्नुका साथै यसले हृदयसम्बन्धि समस्याबाट जोगाउँछ। भिटामिन बी १२ को सेवनले मुटुसम्बन्धी रोगबाट जोगाउँछ।

आइरन

आइरन शरीरका लागि निकै आवश्यक खनिज हो। शरीरमा प्रयाप्त मात्रामा राता रक्त कोशिकाको निर्माणका लागि यसको आवश्यकता हुन्छ। राता रक्त कोशिकाले शरीरमा अक्सिजन पुर्‍याउनुका साथै उर्जा प्रदान गरिरहेको हुन्छन्।
महामारीका कारण थुप्रै महिलामा आइरनको कमी हुनपुगेको छ। यस्ता महिलाले पालंग, फलफूल, फर्सीको बीउ आदी प्रयाप्त मात्रामा खानुपर्छ।

भिटामिन डी

हड्डि बलियो बनाउन भिटामिन डी प्रयाप्त मात्रामा खानुपर्छ। महिनावारी हुँदा र वृद्धवृद्धामा प्राय अस्टियोपोरोसिस (हड्डिको रोग) लाग्ने जोखिम बढी हुन्छ। भिटामिन डीले शरीरमा फस्फोरस र क्याल्सियको स्तर बनाइराख्न सहयोग गर्छ। जसले यस्ता खाले समस्या हुन दिँदैन। पालंग, भिन्डी, सोयबिन, अन्डाको पहेलो भाग र च्याउलगायतमा भिटामिन डि प्रयाप्त मात्रामा पाइन्छ।

क्याल्सियम

क्याल्सियमले मुटु, मांसपेसि र नसालाई ठिकसँग काम गर्न मद्दतगर्छ। शरीरमा जमेका गाँठा खोल्न क्याल्सियमले काम गर्छ। क्याल्सियमको कमी हुँदा अस्टियोपोरोसिस हुने खतरा हुन्छ। यसका साथै कतै लड्दा हड्डिमा चोट लाग्ने सम्भावना हुन्छ। क्याल्सियम पाउनका लागि पनिर, दही, दाल र पात भएका सागपात खानुपर्छ।

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech