अब घरमै नर्सिङ सेवा, नेपालगन्जमा होलस्टिक होम केयर सन्चालनमा

    • स्वास्थ्य पेज

  • १५ फाल्गुन २०७७, शनिबार

नेपालगन्ज : नेपालगन्जमा होलस्टिक होम केयर सन्चालनमा आएको छ । २४ सैं घण्टा नर्सिङ सेवा घरमै गएर दिने उदेश्यले होम केयर सन्चालनमा ल्याइएको हो ।

नेपालन्जमा कार्यरत नर्सिङ स्टाफ र फिजियोथेरापिस्टहरुको समुहले सन्चालन गरेको होलस्टिक होम केयरको आज एक कार्यक्रमका बिच जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख धिरजङ शाहले उद्घाटन गर्नुभयो ।

होम केयरले घरमै बसेर सेवा लिन चाहानेहरुका लागि २४ सैं घण्टा नर्सिङ केयर , फिजियोथेरापी, स्टीच आउट, ड्रेसिंग, स्वास्थ्य परामर्श लगायतका सेवा दिने होम केयरका सचिव सुमन गिरीले जानकारी दिनुभयो ।

यो अभियानमा २० जना बढी नर्सिङ स्टाफहरु जोडिनुभएको गिरीले बताउनुभयो । अस्पतालको लामो बसाइ र आउँजाउँ गर्न समस्या हुनेहरुले आफुहरुलाई सम्झन सक्ने उहाँले जानकारी दिनुभयो ।

सेवा लिन चाहानेहरुले होम केयरको फेसबुक पेज या मोबाइल नम्बर ९८६८१४७३८९ मा सम्पर्क गर्न सकिने गिरीले बताउनुभयो ।

होम केयर बारेको थप जानकारी सहित सुमन गिरीसँग गरिएको भिडियो कुराकानी स्वास्थ्य पेजको फेसबुक पेजमा अपलोड गरिनेछ

  • १५ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech