शनिबार ८१ जनामा कोभिड संक्रमण पुष्टि, ४८ जना निको भए

    • स्वास्थ्य पेज

  • १५ फाल्गुन २०७७, शनिबार

काठमाडौं:शनिबार देशभर ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २ हजार ८२४ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना महिला र ४६ जना पुरुषमा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । कोरोना संक्रमण जितेर शुक्रबार थप ४८ जना डिस्चार्ज भएका छन् ।

योसँगै संक्रमण मुक्त भएर डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार ३ सय २५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणकै कारण नेपालमा ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ पुगेको छ।

अब सक्रिय संक्रमित ९ सय ६७ जना स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयले जनाएको छ ।


Nabintech