काँग्रेस नेता जोशीको स्वास्थ्य अवस्थामा सुधार

    • स्वास्थ्य पेज

  • १५ फाल्गुन २०७७, शनिबार

काठमाडौंः नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको नर्भिक अस्पतालले जनाएको छ। भेन्टिलेटरमा उपचाररत जोशीको शनिबार बिहानदेखि स्वास्थ्य अवस्थामा सुधारका संकेत देखिएका हुन्।

अस्पतालका अनुसार नर्भिक पुगेदेखि नै वेहोश रहेका उनले शनिबार बिहानदेखि दायाँ हातखुट्टा अलि(अलि चलाउन थालेको चिकित्सकहरुले बताए ।

चिकित्सकले बोलाउँदा उक्त हात खुट्टाका माध्यमबाट सङ्केत गर्न थालेको हुन्। अवस्था सुधारोन्मुख भएपनि उहाँलाई जोखिममुक्त भन्न नसकिने चिकित्सकको भनाई छ।

पूर्वमन्त्री समेत रहेका जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो। शरीरको देब्रेपट्टी समया देखिएपछि उहाँलाई राति नै महाबौद्धस्थित् वीर अस्पताल लगिएको थियो। वीर अस्पतालमा लगिदै गर्दा उहाँ बोल्न सक्ने अवस्थामै हुनुहुन्थ्यो ।

वीर अस्पतालमा सिटी स्क्यान गर्दा मस्तिष्कमा रगत जमेको पाइएको न्युरो सर्जन डाक्टर राजीव झाले बताउनुभएको थियो ।

मस्तिष्कमा रगत जमेको पाइएपछि नेता जोशीलाई वीरबाट राति २ बजेर ४० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।

  • १५ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech