चिकित्सा शिक्षा स्नातकोत्तर तहको खुला तर्फ दोस्रो म्याचिङ र भर्ना प्रक्रिया स्थगित

    • स्वास्थ्य पेज

  • १४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं: चिकित्सा शिक्षा स्नातकोत्तर तहको खुला तर्फको दोस्रो म्याचिङको कार्यक्रम चिकित्सा शिक्षा आयोगले स्थगित गरेको छ।

आयोगको माघ ११ गतेको सूचनामा फागुन १७ गतेदेखि खुलातर्फको दोस्रो म्याचिङ तथा भर्ना प्रकृया सुरु गर्ने उल्लेख गरिएको भएपनि फागुन १२ गते सर्वोच्व अदालतको अन्तरिम आदेश अनुसार आयोगको आज शुक्रबारको निर्णयाअनुसार अर्को सूचना प्रकाशन नभएसम्मलाई स्थगित गरिएको आयोगले जनाएको छ ।

यसअघि आयोगले पिजीको एकीकृत प्रवेश परीक्षा दिएका ५२ जनालाई दुर्गममा काम गरेको गलत विवरण पेस गरेको भन्दै मेरिट लिस्टबाट हटाएको थियो।

आयोगको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै फागुन ९ गते ६ जना उम्मेदवारले सर्वोच्वमा रिट निवेदन पेस गरेका थिए। उक्त रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले मेरिट सूचीबाट हटाइएका चिकित्सकको प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech