काठमाडौं विश्वविद्यालयलाई नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन डाक्टर केसीको चेतावनी

    • स्वास्थ्य पेज

  • १४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं:  डाक्टर गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धनको विषयले प्रवेश पाएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर केसीले चिकित्सा शिक्षा ऐनमा प्रस्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको भन्दै अहिले नै काठमाडौं विश्वविद्यालय अन्तर्गत् झण्डै दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा रहेकाले नयाँ मेडिकल कलेजका लागि अनुमति दिन नहुने बताउँनुभयो ।

डा.केसीले एक विज्ञप्ति जारी गर्दै त्रिविले पनि चिकित्सा शिक्षा ऐन जारी हुनु अगाडि नै पाँचभन्दा बढी कलेजहरूलाई सम्बन्धन दिइसकेको भन्दै त्रिवि वा काठमाडौं विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिने अवस्थाको कल्पनै गर्न नसकिने उल्लेख गर्नुभएको छ ।

यसैबीच चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने तथा गुण्डागर्दी गर्ने व्यक्तिले काठमाडौं विश्वविद्यालयका नयाँ पदाधिकारीलाई प्रधानमन्त्री र शिक्षामन्त्री मार्फत अनुचित दबाबमा पारेर सम्बन्धन लिने चोर बाटो खोजेको प्रष्ट भएको दावी गर्दै डा.केसीले यो गैरकानुनी काम भएको भन्दै काठमाडौं विश्वविद्यालयका पदाधिकारी यस कार्यमा संलग्न नहुन चेतावनी समेत दिनुभएको छ ।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech