काठमाडौँमा फेरि बर्डफ्लू, जोगिन दिए डाक्टरले यस्तो सुझाव

    • स्वास्थ्य पेज

  • १४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौँ: काठमाडौँको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएको छ। पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले तारकेश्वरमा फेरि बर्डफ्लू देखिएपछि केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेको जानकारी दिए।

बर्डफ्लू देखिएपछि तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहीबार साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ। यस अघि पनि गत माघमा तारकेश्वर नगरपालिकामा बर्डफ्लू देखिएको थियो। पछिल्लो समय सुर्खेतमा पनि बर्डफ्लूको सङ्क्रमण देखिएको थियो।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बर्डफ्लूको संक्रमणबाट जोगिन दिएका सुझावहरु

कुखुरा तथा पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिले सरसफाईमा विशेष ध्यान दिने

माक्स लगाएर मात्रै खोरमा जाने, कुखुरा बेच्न राखिएका ठाउँ अर्थात कुखुरा बजारमा जाँदा पनि माक्स लगाएर मात्रै जाने

बेच्न बसेका व्यक्तिहरुले पनि मास्क र पन्जा अनिवार्य लगाउने

केही गरि खोरका कुखुरा मर्न थाले अथवा बिरामी पर्न थाले भने तुरन्तै चिकित्सकलाई सम्पर्क गर्ने

बिरामी वा मरेको पक्षीलाई नछुने, बर्डफ्लू देखिएको ठाउँमा कसैसँग हात नमिलाउने

पक्षीसँगको सीधा सम्पर्कबाट बच्ने, घरमा पालेको पक्षीको भाँडाकुँडा दिनहुँ सफा गर्ने

मासु एक सय डिग्री तापक्रममा पकाएर मात्रै खाने (एक सय डिग्रीमा पकाइसकेको मासुबाट बर्डफ्लू सर्ने सम्भावना हुँदैन)।

अण्डा राम्रोसँग उमालेर मात्रै खाने, आधा पाकेको अण्डा नखाने।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech