बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते

    • स्वास्थ्य पेज

  • १४ फाल्गुन २०७७, शुक्रबार

म्याग्दीः रुखबाट लडेर घाइते भएका बिरामी बोकेर उपचार लागि पोखरा जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

रुखबाट लडेर घाइते भएका मालिका-३ का ६२ वर्षीय गोविन्द रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप म्याग्दीको बेनी नगरपालिका-४ फापरखेतमा बिहीबार राति भएको दुर्घटना भएको हो।

मालिका गाउँपालिका-३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नम्बरको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका-३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य चार घाइते भएका छन्। घाइते चालक मालिका-१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ।

यसैगरी मालिका-३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ।

चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन्। तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech