फार्मेसी अधिकृत सुवेदी २ लाख घूससहित पक्राउ

    • स्वास्थ्य पेज

  • १३ फाल्गुन २०७७, बिहीबार
फार्मेसी अधिकृत सुवेदी २ लाख घूससहित पक्राउ

मोरङः औषधि व्यवस्था विभागको कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी २ लाख घूससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग २ घूस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान इकाई इटहरीको टोलीले सुवेदीलाई विराटनगर महानगरपालिका ३ को एक होटल नजिकबाट बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

सुवेदीलाई घूससहित अख्तियारको टोलीले पक्राउ गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पुष्टि गर्नुभयो ।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech