पछिल्लो २४ घण्टामा ११२ संक्रमित थपिए, सक्रिय संक्रमित ८८२ मात्र

    • स्वास्थ्य पेज

  • १३ फाल्गुन २०७७, बिहीबार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ८२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ४ सय ११ जनाको पिसिआर परीक्षण गर्दा १ सय १२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ५३ हजार ६ सय ३६ पुगेको छ।

गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामै प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप ७३ जना समावेश गरेको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मतकको संख्या २ हजार ७ सय ६७ पुगेको छ। हाल ६६ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ८४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २ सय २३ पुगेको मन्त्रालयले जनाएको छ।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech