राजापुर क्षेत्रका लागि दुई एम्बुलेन्स खरिद

    • स्वास्थ्य पेज

  • १३ फाल्गुन २०७७, बिहीबार

बर्दियाः लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र विकास कोष योजनाअन्तर्गत बर्दियाको राजापुर क्षेत्रका लागि दुई एम्बुलेन्स खरीद गरिएको छ।

उपसभामुख थारुका स्वकीय सचिव अर्जुन चौलागाइका अनुसार सो योजनाअन्तर्गत राजापुर–६ मानपुरटपरा स्वास्थ्यचौकी र गेरुवा गाउँपालिकास्थित रेडक्रस उपशाखा कार्यालयलाई एम्बुलेन्स खरीद गर्न रु १०÷१० लाखका दरले बजेट विनियोजन गरिएको थियो।

खरीद गरिएको एम्बुलेन्स अबको केही दिनमै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले बताउनुभयो। एम्बुलेन्स सेवा पाउने भएपछि स्थानीयवासी उत्साहित भएका छन्।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech