कोभ्याक्स अन्तर्गतको खोप वितरण सुरु, खोप पाउने पहिलो देश घाना

    • स्वास्थ्य पेज

  • १३ फाल्गुन २०७७, बिहीबार

तस्बिर:बीबीसी

 

काठमाडौं:घाना कोभ्याक्स अन्तर्गतको खोप पाउने पहिलो देश बनेको छ । कोभ्याक्स अन्तर्गतको कोरोनाविरुद्धको खोप गरिब तथा विपन्न देशमा वितरण सुरु भएको हो।

संयुक्त राष्ट्र संघको पहलमा कोभ्यासमार्फत् एस्ट्राजेनेकाले उत्पादन गरेको खोप घानाको राजधानी अँकारा पुर्‍याइएको हो । बीबीसीका अनुसार त्यहाँ ६ लाख डोज खोप पुगेको छ ।

उक्त खोप पहिला स्वास्थ्यकर्मीहरुले पाउनेछन् । कोभ्याक्स अन्तर्गतको खोप गरिब देशमा वितरण गर्ने योजना छ ।

योजनाको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरिरहेको छ भने यसमा ग्लोबल भ्याक्सिन एलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन सहभागी छन् ।

उक्त योजना अन्र्तगत एक वर्षमा विश्वका करिब १९० देशमा कोरोनाविरुद्धको झण्डै दुई अर्ब डोज खोप वितरण गर्ने तयारी छ ।

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech