स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांक सच्यायो

    • स्वास्थ्य पेज

  • १२ फाल्गुन २०७७, बुधबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांक अध्यावधिक गरेको छ ।

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्यांक फरकफरक आएपछि सिसिएमसीको बैठकले थप अनुसन्धान गरेर स्वास्थ्य मन्त्रालयले छुटाएको ६१८ जनाको विवरण मृतकको संख्यामा बुधबार थप गरिएको हो।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार यो तथ्यांक घरमै मृत्यु भएर नेपाली सेनाले शव व्यवस्थापन गर्दा संकलन गरेको तथ्यांक हो ।

मन्त्रालयको बुधबार सम्मको तथ्यांक अनुसार अब नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या २ हजार ६८४ पुगेको छ ।

२ लाख ७३ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोराना भाइरस संक्रमण मुक्त भएर हालसम्म २ लाख ७० हजार १३९ जना डिस्चार्ज भएका छन् ।

अब ९३७ जना सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • १२ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech