पछिल्लो २४ घण्टामा देशभर थप ११० जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ११ फाल्गुन २०७७, मंगलवार

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६ सय ६६ रहेको छ। पछिल्लो २४ घन्टामा संक्रमण मुक्त भई १ सय २ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ जना पुगेको छ । यस्तै, अहिले १ हजार ६ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

नेपालमा हाल ४६ जना कोरोना संक्रमितको आईसियू र १२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ । यस्तै, हाल १ सय ६५ वटा खोप केन्द्रबाट अभियान चलिरहेको छ । भने, हालसम्म ४ लाख २८ हजार ९ सय २४ जना नागरिकले खोप प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ रहेको छ ।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech