डाक्टरको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

एमबिबिएसतर्फ ५५ र बिडिएसका ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण


    • स्वास्थ्य पेज

  • ११ फाल्गुन २०७७, मंगलवार

काठमाडौंः नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५५ दशमलब ६ प्रतिशत एमबिबिएस र ४४ दशमलब ८ प्रतिशत बिडिएसका विद्यार्थी उत्तीर्ण भएका छन्।

यही फागुन ९, १० र ११ गते एमबिबिएस र बिडिएसका विद्यार्थीले परीक्षा दिएका थिए।

काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले एमबिबिएका १ हजार १६४ जना र बिडिएसका २१० जना विद्यार्थीले परीक्षा दिएको जानकारी दिनुभयो । तीमध्ये एमबिबिएसमा ६५४ र बिडिएसमा ९४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

हाल मेडिकल काउन्सिलमा एमबिबिएमा २४ हजार ८१४ र बिडिएसमा ३ हजार ६६३ गरी २८ हजार ४७७ जना चिकित्सक दर्ता भएका छन्।

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech