सरकारले भन्यो-पिसिआर परीक्षण भई रिपोर्टिङ नभएका विवरण सात दिनभित्र पठाउ

    • स्वास्थ्य पेज

  • १० फाल्गुन २०७७, सोमबार

काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षण भई रिपोर्टिङ नभएका विवरण सात दिनभित्र पठाउन सबै कोभिड-१९ प्रयोगशालालाई  निर्देशन दिएको छ।

मन्त्रालयले उक्त विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) लगायतका निकायमा पठाउन निर्देशन दिएको हो।

मन्त्रालयले कोरोना बिमा दावी रकमको प्रमाणीकरणका क्रममा १८ हजार विवरणमध्ये धेरैको संक्रमण पुष्टि भएको विवरण नभेटिएको, परीक्षणको मिति नमिलेको भन्दै उक्त विवरण सात दिनभित्र पठाउन निर्देशन दिएको हो।

कोरोना बिमा दावी रकमको प्रमाणीकरण गर्न गठित समिति र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सम्मिलित टोलीले हालसम्म १५ हजार बढी विवरण प्रमाणीकरण गरिसकेको जनाएको छ।

मन्त्रालयले कोभिड-१९ को परीक्षण अनुमति पाएका प्रयोगशालाले नेसनल टेष्टिङ गाइलाइन अनुसार परीक्षण गरी तोकिएको ढाँचामा दैनिक रुपमा २४ घण्टाभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला/इडिसिडीमा विवरण नपठाएको पाइएको समेत जनाएको छ।

कोरोना बिमा रकमका लागि प्रमाणीकरण गर्ने सम्बन्ध विवरण अपुग भएपछि स्वास्थ्य सचिवको आज बसेको बैठकले सबै कोभिड प्रयोगशालालाई सात दिनभित्र परीक्षण गरी विवरण पठाउन छुट भएका विवरण एक्सेल सिट (फफ्टकपी) अनिवार्य पठाउन निर्देशन दिएको हो।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech