जुम्लाको गाउँमा सेनाको विशेषज्ञ स्वास्थ्य सेवा, पाँच सय लाभान्वित

    • स्वास्थ्य पेज

  • १० फाल्गुन २०७७, सोमबार

जुम्लाः जुम्लाको गुठिचौर गाउँपालिका–३ गर्ज्याङकोटमा नेपाली सेनाको टोलीले विशेषज्ञ स्वास्थ्य सेवा दिएको छ। नेपाली सेनाको जुम्लास्थित श्री नम्बर २४ बाहिनी अड्डा, नन्दबक्स गण र श्री २४ नम्बर फिए गुल्मले संयुक्त रुपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको हो।

स्त्री रोग र जनरल मेडिसिनतर्फको सेवा दिइएको नन्दबक्स गणका गणपति दिवाकर रायमाझीले जानकारी दिनुभयो। कोभिड–१९ का कारण स्वास्थ्य संस्था र अस्पतालसम्म पुग्न नसकेका मानिसका लागि यो सेवा लक्षित भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार विशेषज्ञ सेवा दिनका लागि नेपाली सेना भित्रको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका विशेषज्ञ चिकित्सक गाउँमै पुगेका थिए। श्री नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटाले विशेषज्ञ स्वास्थ्य सेवाले स्थानीयलाई निकै राहत मिलेको बताउनुभयो ।

गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले सेनाले स्वास्थ्य सेवा मार्फत जनसम्बन्ध सुमधुर बनाउन थालेको अनुभुति भइरहेको बताउनुभयो। शिविरमा झन्डै ५ सय बढीले स्वास्थ्य सेवा लिएका छन्।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech