धनगढीमा कोरोना संक्रमित ७० वर्षीय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १० फाल्गुन २०७७, सोमबार

धनगढीः धनगढीमा कोरोना संक्रमित पुरुषको सोमवार मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित ती पुरुषको मृत्यु भएको हो।

कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार बिहान ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो ।

कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि फागुन ३ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको बताउदै सूचना अधिकारी श्रेष्ठले आज बिहान संक्रमित पुरुषको मृत्यु भएको बताउनुभयो ।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech