बाँकेमा बाघको छालासहित स्वास्थ्यकर्मी पक्राउ

    • स्वास्थ्य पेज

  • १० फाल्गुन २०७७, सोमबार

नेपालगन्जः बाँकेमा बाघको छाला सहित एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । सल्यान कुमाख गाउँपालिका ३ मर्म पोडीकाराका २४ वर्षीय हिमेन्द्र वली राप्तीसोनारी गाउँपालिका १ कुसुमबाट पक्राउ परेका हुन् ।

उनी हेल्थ असिस्टेन्ट रहेको खुलेको बाँकेका एसपी ओम रानाले जानकारी दिनुभयो । दुई थान बाघको छालासहित वली र अरु दुईजना पनि पक्राउ परेका छन् ।

उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाँकेका एसपी रानाले बताउनुभयो ।

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech