किन बन्ने शाकाहारी ?

    • डा.हेमराज कोइराला

  • १० फाल्गुन २०७७, सोमबार

शाक अर्थात् वनस्पतिजन्य खाद्य पदार्थहरूको सेवनलाई मात्र आधार बनाएर गरिने भोजन पद्धतिको अभ्यासलाई शाब्दिक रूपमा शाकाहार भनिन्छ । शब्द कल्पद्रुम नामक संस्कृत कोषले “पत्रं, पुष्पं, फलं, नालं, कन्दं संस्वेदजं तथा” भनी पत्रं (पात), पुष्पं (फुल), फलम् (फल), नालं (डाँठ), कन्द(जरा) र संस्वेदजं (चोप) आदि ६ प्रकारका वनस्पतिजन्य उत्पादनलाई शाक मानेको छ ।

यसरी शाक अर्थात वनस्पति जन्य खानेकुराहरू मात्र खाने जन्तुबाट प्राप्त कुनै पनि पदार्थको सेवन, धारण तथा प्रयोग नगर्ने शाकाहारीलाई भेगन वा शुद्ध शाकाहारी भन्ने गरिन्छ तर यस्ता शुद्ध शाकाहारीको संख्या संरारमा अत्यन्त कम छ। शाकाहारको नाममा दुध सम्म खाने शाकाहारीलाई ल्याक्टो-भेजीटेरियन भनिन्छ। ल्याक्टो-भेजिटेरियनहरू माछा, मासु, अण्डा खाँदैनन् तर दुध तथा दुग्धजन्य पदार्थहरू खाने गर्दछन् । त्यसैगरी, माछा, मासु, दुग्धपरिकार नखाने तर अण्डा खानेहरूलाई ओभो-भेजिटेरियन भनिन्छ । माछा, मासु नखाने तर दुग्धजन्य पदार्थ, मह र अण्डा खानेलाई ल्याक्टो-ओभो-भेजिटेरियन भनिएको छ ।

सङ्ख्यात्मकरूपमा समाजको सानो हिस्सा लगभग ७% जनसङ्ख्याले मात्र शाकाहारको अभ्यास गरिरहेको भएता पनि आज स्वास्थ्य सचेतना मानवता एवम् आध्यात्मिकताका कारणले शाकाहारीकोसङ्ख्या दिनानुदिन बढ्दै छ । शाकाहारका विषयमा भइरहेका विभिन्न खोज अनुसन्धानले आज यसलाई जीव, जीवन र जगतरक्षाको महत्त्वपूर्ण कडीको रूपमा स्थापित गरिसकेको छ ।

१. वातावरण रक्षाका लागि

सन् २००७ मा विश्व खाद्य तथा कृषि सङ्गठनले आधुनिक मांस केन्द्रित पशुपालन व्यवसायलाई पृथ्वीको पर्यावरण प्रणालीको मुख्य विनाशकको रूपमा मानेको छ । यी मांस केन्द्रित पशुशालाहरू ग्लोबल वार्मिङ गराउने ग्रीन हाउस ग्याँसका प्रमुख उत्पादक हुन् भने पृथ्वीको जैविक विविधता समाप्त गराउने पनि प्रमुख कारण हुन् । त्यसैगरी, गरिब तथा विकाशशील देशमा यिनै पशुशालाहरू पानी प्रदूषणको अग्र कारकमा पर्दछन् ।मांस तथा दुग्ध उत्पादनका लागि पालिएका पशुहरू चराउन हिउँले नढाकिए मध्येको २६% जमिन प्रयोग भइरहेको र यी पशुधन पाल्नका लागि कूल कृषियोग्य भूमिको ३३% पशुआहार उत्पादनमा खर्च भइरहेको तथ्य छ ।यसरी पालिएका पशुहरूलाई स्वतन्त्र रूपमा चराउँदा पशुपालन प्रेरित वन विनाश भइरहेको छ, जसको कारणले महत्त्वपूर्ण वनस्पति तथा जन्तुहरू लोपोन्मुख अवस्थामा छन् ।यसैगरी, स्वतन्त्र चरनहरूमा धेरै पशु चराउँदा कहिलेकाहीँ माटोको गुणवत्ता कम हुने र भूक्षय हुने खतरा पनि बढ्दछ भने जैविक विविधता नष्ट हुने खतरा पनि उत्तिकै रहन्छ ।

मांसाहार र मौसम परिवर्तन

पछिल्लो सय वर्षदेखि पृथ्वीको निकटस्थ सतहको औसत तापक्रममा भइरहेको वृद्धिको कारण दिनानुदिन मौसम परिवर्तन भइरहेको छ । यसरी, पृथ्वीको तापक्रम बढ्नुलाई ग्लोबल वार्मिङ भनिन्छ । ग्लोबल वार्मिङ गराउने धेरै कारणहरू जिम्मेवार छन्, जसमध्येको प्रमुख कारण मानवीय जीवन शैलीका कारणले उत्सर्जित हरित गृह ग्याँसहरू हुन् । यी ग्याँसहरूमा पानीको बाफ, कार्वनडाएअक्साइड, मिथेन, नाइट्रस अक्साइड  र ओजन  आदि पर्दछन्। विशिष्ट उष्माधारिता भएका यी ग्रीनहाउस ग्याँसहरूको उत्सर्जनमा मासु तथा दुधका लागि पालिएका पशुपक्षीहरूले प्रत्यक्ष एवम् परोक्षरूपमा सहयोग पु¥याइरहेका हुन्छन् ।

मासु तथा दुधका लागि गरिने व्यावसायिक पशुपालनका कारणले प्रत्यक्ष एवम् परोक्षरूपमा हरित गृह ग्याँसको उत्सर्जन हुने गर्दछ । संसार भर प्रत्येक वर्ष ७.१ अरब टन कार्बन डाइअक्साइड बराबरको हरित गृह ग्याँसको उत्पादन जनावरहरूबाट हुने गर्दछ । यो आँकडा मानवजनित हरित गृह ग्याँस उत्पादनको १४.५% हो । जनावरहरूले मुख्यरूपमा उत्सर्जन गर्ने मिथेन र नाइट्रस अक्साइड ग्याँस कार्बन डाइअक्साइडभन्दा क्रमशः २३ र २९६ गुणा बढी ग्लोबल वार्मिङ गर्न सक्ने क्षमताका छन् । मिथेन ग्याँस जनावरले दाना पचाउने र गोबरको व्यवस्थापनका क्रममा निस्किन्छ । संसारभर प्रत्येक वर्ष जनावरहरूबाट उत्सर्जित हुने मिथेन ग्याँसको मात्रा लगभग २.२ अरब टन कार्बन डाइअक्साइड बराबर हुन आउँछ । एउटा वयस्क गोरुले प्रतिवर्ष ७५ किलोग्राम मिथेन ग्याँस उत्पादन गर्दछ, जुन १.५ टन कार्बन डाइअक्साइड बराबर हो ।

यो मिथेन ग्याँस उत्सर्जनको मात्रा पाँच जना बस्न मिल्ने सानो कारलाई ५८.३२ घण्टा सम्म लगातार दौडाएर उत्सर्जित भएको कार्बन डाइअक्साइड बराबर हो । त्यसैगरी नाइट्रस अक्साइड ग्याँसको प्रत्यक्ष उत्पादन गोबर व्यवस्थापनसँगै सम्बद्ध छ भनेअप्रत्यक्षरूपमा जनावरलाई खुवाउन रोपिएका दानादार बिरुवाहरूको उत्पादनसँग सम्बद्ध छ । यसरी, प्रत्येक वर्ष जनावरहरूबाट उत्सर्जित हुने नाइट्रस अक्साइड ग्याँसको मात्रा पनि २.२ अरब टन कार्बन डाइअक्साइड बराबर हुन आउँछ । त्यसैगरी,मासु र दुग्धजन्य पदार्थको उत्पादन भण्डारण र ढुवानीमा खर्च हुने इन्धनको दहनबाट २.७ अरब टन कार्बन डाइअक्साइड ग्याँसको उत्पादन हुने गर्दछ ।शाकाहारी भएरै हामीले पृथ्वीले भोगिरहेका तीन मुख्य समस्याहरूः १) मौसम परिवर्तन २) पानी तान्न सक्ने वनको (रेन फरेस्ट) विनाश, ३) र प्रदूषणहरू माथि विजय पाउन सक्छौँ किनकि मांसजन्य उद्योगमा पालिएका पशुधनहरूले उत्सर्जन गर्ने हरित गृह ग्याँस संसार भरिकै यातायातका सामग्रीहरूले उत्सर्जन गर्ने भन्दा बढी छ । एउटा मान्छे शााकाहारी भएमा वातावरण रक्षाका लागि एउटा सानो इलेक्ट्रिक कार चलाउनुभन्दा ५०% ज्यादा कार्बन उत्सर्जन बचाउन सक्नेछ ।

मांसाहार र भोकमरीको समस्या

संसारभरिका सात सय ८६ करोड मानिसहरूमध्ये केवल ५०–६० करोड मात्र शाकाहारी छन् । आवर–वर्ड–ईन–डाटानामक वेबसाइटले दर्शाएअनुरूप सन् २०१७ सम्मको तथ्याङ्कलाई हेर्दा संसारभर मासुको प्रतिव्यक्ति खपत ४३ किलोग्राम प्रतिवर्ष रहेको छ, जसमा नेपालीको औसत खपत १३.५५ किलोग्राम प्रतिवर्ष छ। यसैगरि सबैभन्दा धेरै १२४.१ के.जी प्रतिवर्ष, प्रतिव्यक्ति खपत गर्ने देश, संयुक्त राज्य अमेरिका हो भने सबैभन्दा कम ३.७८ के.जी प्रतिव्याक्ति प्रतिवर्ष खपत गर्ने देश भारत हो ।सन् २००२ मा१४५.९ किलोग्राम प्रतिव्यक्ति प्रतिवर्ष पु¥याएर अग्र पङ्तिमा रहेको डेनमार्कसन २०१७ मा७०.८२किलोग्राम प्रतिव्यक्ति प्रतिवर्षमा झरेको छ। त्यसैगरी, संसारभर प्रतिवर्ष औसतमा३,४६,१४,००,००,०००(तीन खरव, छयालिस अरव, चौधकरोड) किलो मासु उत्पादन हुने गरेको छ । मासु उत्पादन गर्नेमा चाइना सबैभन्दा अग्रपङ्क्तिमा छ, जसले ८८,१६,००००००० (अठसी अरव, सोह्र करोड) किलो मासु प्रतिवर्ष उत्पादन गर्दछ भने सबैभन्दा कम २,०००( दुईहजार) किलो मासु उत्पादन गर्ने देश सेन्ट-पियारे-मिक्युलोन हो । नेपालले पनि प्रतिवर्ष ३९,९९,८८,००० (उनन्चालिस करोड उनान्सय लाख, अठासी हजार) किलो मासु उत्पादन गर्दछ । यो परिमाण सन् २०५० सम्ममा दोब्बर हुने अनुमान गरिएको छ ।

यसरी, संसारको मांसाहारप्रति बढ्दो मोहलाई दृष्टिगत गर्दा आउँदो समयमा सस्तो खानुकुराको जमाना सकिएभैm लाग्दछ, किनकि मांसाहार महँगो खानेकुरा हो । संयुक्त राष्ट्र सङ्घले नै सार्वजनिक गरेको तथ्य अनुरूप प्रतिदिन २५००० व्यक्तिहरू भोकमरी र भोकसँग सम्बन्धित कारणहरूले मारिन्छन् र यसै अनुपातमा यो सङ्ख्या प्रतिवर्ष ९१लाख२५ हजारको हुन पुग्छ। यसैगरी, संसारभर भोकसँग जुधिरहेका र दुई छाक राम्ररी खान नपाउनेहरूको सङ्ख्या लगभग ८२करोड (८२० मिलियन) रहेको छ । र यो विषम परिस्थितिकोे कारण मांसाहारसँग सम्बन्धित छ, किनकि व्यावसायिक मासु उत्पादन गर्न ठुलो परिमाणमा पशुलाई अन्न खुवाएर मासु प्राप्त गर्ने गरिन्छ । सोया प्रोटिन एन्ड फर्मेन्टेड मिट प्रोडक्टनामक पुस्तकमा भनिएमुताबिक १ के.जी गाईको मासु उत्पादन गर्नलाई ७ किलो अन्न, १ किलो सुँगुरको मासु उत्पादन गर्न ४ किलो अन्न, १ के.जी कुखुराको मासु उत्पादन गर्न २.२ के.जी अन्न र १ के.जी माछा उत्पादन गनर्लाई १.२ किलोग्राम अन्न खुवाउनुपर्दछ ।

विकसित देशमा ७०% अनाज केवल पशुपक्षी जनावरलाई खुवाएर मासु उत्पादन गर्नको लागि खर्च हुने गर्दछ भने विकासशील देशहरूमा यो आँकडा ४०% को छ ।   यस्तो परिप्रेक्ष्यमा संसारमा प्रतिवर्ष उत्पादित ३,४६,१४,००,००,०००   (तीन खरव, छयालिस अरव, चौध करोड) किलो मासु उत्पादन गर्न लाग्ने अन्न र त्यो अन्नको १०% हिस्सा मात्र भोकमरी ग्रस्तजनहरूसम्म पु¥याउन सके आजको संसारमा भोकको  कारणले कोही पनि अकालमा मर्नु पर्दैन ।

३२ करोड जनसङ्ख्या भएको संयुक्त राज्य अमेरिकाले मात्र शाकाहारी भइदिएर जनावरलाई खुवाउने खाना मान्छेलाई खुवाउने हो भने ८२ करोड (८२० मिलियन) भोका व्यक्तिहरूलाई मज्जासँग तीन छाक खुवाउन सक्छ ।

मांसाहार र प्रदूषण

एउटा ठूलो मांस केन्द्रित पशुधन (गाई, भैँसी, बाख्रा, कुखुरा, सुँगुर) शालाले उत्पादन गर्ने फोहोर एउटा सानो सहरबाट उत्पादित हुने फोहोरभन्दा ज्यादा हुन्छ । संयुक्त राज्य अमेरिकामा पशुशालाबाट मात्र १३३ मिलियन टन सुख्खा फोहोर प्रतिवर्ष उत्पादित हुने गरेको छ, जुन अमेरिकाको जनसङ्ख्याले उत्पादन गर्ने फोहोरभन्दा १३ गुणा ज्यादा छ । पशुशाला (जसलाई कन्सन्ट्रेटेड एनिमल फिडिङ अपरेसन पनि भनिन्छ) बाट उत्पादित पशुजन्य फोहोरमा पशुलाई खुवाउन प्रयोग भएका खाद्यान्नको मात्र कीटाणु, विषालु लेउ, झ्याउ, ढुसी, परजीवी, पशु औषधिको मात्रा, भारी धातुहरू (जस्ता, तामा आदि) जनावरको हरमोन, एन्टीबायोटिक्स, कीटनाशक विषादि आदि पाइन्छन् । यो फोहोरलाई उर्वरकको रूपमा खेतमा विसर्जन गरेपनि यसले पानी, माटो, हावा आदिलाई प्रदूषित गर्दछ, जसमध्ये नाइट्रेट प्रदूषण मुख्य छ । यसरी, पानी प्रदूषण गर्नुमा जनावरको मल मात्र जिम्मेवार नभएर जनावरलाई खुवाउन अन्धाधुन्ध प्रयोग भएको आधुनिक खादमल पनि झन् धेरै जिम्मेवार छ ।  मांस केन्द्रित पशुशालाबाट उत्पादित फोहोरमा मान्छेको दिसाभन्दा १० देखि १०० गुणा ज्यादा सान्द्र कीटाणुहरू हुन्छन् र ४० भन्दा धेरै रोगहरू पशुकै मलको कारणले लाग्न सक्छन् ।

मांसाहार र इन्धन वचत 

वैश्विक इन्धन खपतको ठूलो हिस्सा मांसाहारसँग जोडिएको छ । व्यावसायिक कृषि फर्ममा पशधुनहरूलाई खुवाउन उत्पादन गरिने घाँस एवम् दानामा धेरै ऊर्जा खर्च गरिन्छ । त्यसपछि, ऊर्जाको खपत जनावरहरू पाल्ने फर्म हाउसमा, जनावर काटिने कत्लखाना, मासु प्रशोधन गरिने मेसिन र फ्याक्ट्री चलाउनका निम्ति हुने गर्दछ । मासु प्रशोधित भइसकेपछि यसलाई एक ठाउबाँट अर्काे ठाउमाँ लैजान ठूलो मात्रामा इन्धन खपत हुने गर्दछ । मासु किनेर ल्याइसकेपछि नसडोस् भनेर हरेक घरमा यसलाई फ्रिजिङ र कुलिङ गर्नमा इन्धन खपत हुने गर्दछ र अन्ततोगत्वा ल्याएको मासुलाई पकाउनमा ठुलो मात्रामा इन्धन खपत हुने गरेको छ । एक अध्ययनले दर्शाएअनुरूप एउटा चार सदस्यीय अमेरिकी परिवारले ४८० क.ेजी. मासु उत्पादन गरी प्रयोग गर्दासम्ममा औसत ९८४ लिटर (२६० गेलेन) पेट्रोल लाग्ने अनुमानित तथ्याङ्क छ ।

कर्नेल युनिभर्सिटीका डेबिड पिमेन्टल भन्नुहुन्छ ः‘मांसजन्य पदाथर्बाट १ क्यालोरी प्रोटिन प्राप्त गर्न २८ क्यालोरी पेट्रोलियम ऊर्जा खर्च गर्नुपर्दछ भने अनाजबाट सोही क्यालोरी बराबरको प्रोटिन प्राप्त गर्न केवल ३.३ क्यालोरी पेट्रोलियम ऊर्जा खर्च हन्ुछ । एक पाउन्ड मांसजन्य प्रोटिन उत्पादन गर्न वनस्पतिजन्य प्रोटिन उत्पादन गर्नुभन्दा १२ गुणा ज्यादा जमिन, १३ गुणा ज्यादा इन्धन र १५ गुणा ज्यादा पानीको आवश्यकता पर्दछ ।

मांसाहार र जैविक विविधता 

मांसाहारीहरूको सङ्ख्या वृद्धिले गर्दा महत्त्वपूर्ण जङ्गली जनावरहरूका मासु खान चोरीसिकारी दिनानुदिन बढ्दै गइरहेको छ । यसले हाम्रो जङ्गली जीवसत्ता र त्यस ठाउँको जैविक विविधता पनि सिध्याउँदै छ ।

मांसाहार र गरिबी निवारण

संसारभर प्रतिवर्ष ३,४६,१४,००,००,०००   (तीन खरव, छयालिस अरव, चौध करोड) किलोमासु उत्पादन हुन्छ । यसै सिलसिलामा खरबौँ खरबको साधनस्रोत खर्चिएको छ । यति मासुको दाम यदी ५०० रूपैयाँ प्रति किलोले मात्र हिसाब गर्ने हो भने पनि त्यो १७,३०,७०,०००००००००सत्र नील तीस खरव सत्तरी अरब) हुन आउँछ । यसको आधालाई मात्र लागत मान्दा पनि ८,६५,३५,०००००००००आठ नील पौसठ्ठी खरव पौतीसअरब)रूपैयाँ शाकाहारी भएर बचाउन सकिन्छ ।

मांसाहार र स्वास्थ्य

संसारभर प्रत्येक वर्ष १ करोड सतहत्तर लाख मान्छे मटुु तथा रक्तनलीको रोगले गर्दा मारिने गर्दछन् । जुन विश्वव्यापी मृत्युको ३१% हो । यसरी, संसारभरी प्रतिवर्ष धेरै मान्छे मार्ने रोगको मुख्य कारण मांसाहार हो । मांसाहार एवम् सिचुरेटेड चिल्लोको प्रयोग एक्लै मुटुरोगको ४०% जोखिम कारक हो ।

डा. डिन अनिस, जो अमेरिकाका मुटुरोग विशेषज्ञ हुन्, उनले मुटुरोगबाट बच्न र लागेको मुटरुोगलाई विनाऔषधी र अपरेसन उल्ट्याउन पूर्ण शाकाहार अपनाउनुपर्ने तथ्य पत्ता लगाएका हुन् ।  हार्वार्ड स्कुल अफ पब्लिक हेल्थले सन् २०१२ मा गरेको अनुसन्धानमा जनाएअनुसार रातो मासकुो उपभोग नगर्ने जनसमुदायभन्दा उपयोग गर्ने सामान्य जनसमुदायको मृत्युदर ७.१९% ले बढेर गएको तथ्य पत्ता लगाए र मृत्युको कारक रोगहरूमा मांसाहारले उत्पन्न क्यान्सर र मुटरुोग थिए । त्यसैगरी, हार्वार्ड स्कुल अफ पब्लिक हेल्थमै गरिएको अर्काे अनुसन्धानले प्रशोधित वा अप्रशोधित मासु खानेहरूलाई टाइप २ मधुमेह हुने तथ्य पत्ता लगाएका छन् । यसै अनुसन्धानमा एक समयको मासुहटाएर गेडागुडी र फलफूल खुवाउँदा मात्रै पनि यो रोग लाग्ने खतरा १७–३५% ले कमी भएको पाइयो । चाल लाख मान्छेहरू माथि २०१३ मा गरिएको अध्ययनले प्रशोधित मासु खानेहरूमा मुटुरोग र क्यान्सर लागेर चाँडै मृत्यु हुने खतरा भएको पाइयो ।

त्यसैगरी, २००७ मा अमेरिकाको मेरिल्यान्डमा नेसनल इन्स्टिट्युट अफ हेल्थले अमन्दा क्रसको अगुवाइमा गरेको अनुसन्धानले रातो र प्रशोधित दुवै खाले मासुको सेवनको ठूलो आन्द्रा, फोक्सो, अन्ननलि र कलेजोको क्यान्सरसँग घनिष्ठ सम्बन्ध भएको पाइयो ।

यसैगरी, मांसाहार गर्नेहरूलाई कोलेस्टेरोल बढ्ने, रक्तचाप बढ्ने, निदा्र नलाग्ने, मुड अफ हुने, चिट्चिडाहट बढ्ने, ग्यास्ट्राइटिस, कब्जियत, रक्त क्यान्सरजस्ता अनेकौँ रोग लाग्ने उच्च सम्भावना हुन्छ ।

मांसाहार र फुड पोइजनिङ

अमेरिकी मासुपसलहरूमा गरिएको माइक्रोबायोलोजिकल अध्ययनले ४७% पसलहरूमा व्याक्टेरियल कन्टामिनेसन भएको पाइएको छ, जसमध्ये आधाभन्दा धेरै प्रजातिका ब्याक्टेरियाहरू एन्टिबायोटिकले पनि मार्न नसकिने खालका रहेका छन् ।

मांसाहार र जुनोसिस

माछामासुको सेवन गर्नेहरूलाई स्वाइन फ्लु, बर्ड फ्लु, रेबिजजस्ता सयौँ जुनोसिस (जनावरबाट मान्छेमा सर्ने) रोगहरूको उच्च जोखिम पाइएको छ ।

उपसंहार 

संसारमा मांसाहारीको ठूलो सङ्ख्या छ र यो सङ्ख्या अझै बढ्दो क्रममा छ । मासांहारीको बढ्दो सङ्ख्याले जीव, जीवन र जगत्लाई नै सङ्कटमा धकेलिरहेको छ । यस परिप्रेक्ष्यमा यदि भोलिको खतरालाई अनुमान गरेर आजैदेखि शाकाहारी हुने हो भने यो सृष्टि बचाउनको लागि ठूलो योगदान हुनेछ । त्यसैले, आउनुहोस्, तपार्ईँ हामी सबै मिली आजैदेखि शाकाहारी हुने सत्सङ्कल्प गरौँ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय,भरतपुर–१,वागीश्वरी, चितवनका, मेडिकल डाइरेक्टर हुनुहुन्छ

  • १० फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech