विस्तारित अस्पताल सेवा कार्यविधि : चिकित्सकले परामर्शबाहेक कति शुल्क लिन पाउने ?

    • स्वास्थ्य पेज

  • ९ फाल्गुन २०७७, आईतवार

काठमाडौं : जनस्वास्थ्य ऐनको दफा ३१ बमोजिम नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ विस्तारित अस्पताल सेवा कार्यक्रम संचालन सम्बन्धी कार्यविधि जारी गरेको छ ।

कार्यविधिमा नियमित समयबाहेक अतिरिक्त समयमा सोही स्वास्थ्य संस्थाबाट निश्चित रकम तिरेर सेवा लिन सकिने उल्लेख गरिएको छ ।

सो कार्यविधिमा चिकित्सकको परामर्श शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेअनुसार हुने र अन्य सेवा शुल्कमा भने नियमित समयको भन्दा २ सय प्रतिशतसम्म लिन पाउने उल्लेख छ । यो शुल्क विस्तारित सेवामा मात्रै हो ।

कार्यविधिअनुसार विस्तारित समयमा काम गरेबापत आएको आम्दानीको २० प्रतिशत अस्पताल विकास समितिको खातामा जाने र बाँकी रहेको ८० प्रतिशतलाई १०० प्रतिशत मानी ९० प्रतिशत चिकित्सक नर्स तथा सेवामा खटिएका स्वास्थ्यकर्मीको अतिरिक्त आम्दानी मानिने उल्लेख छ । बाँकी १० प्रतिशत भने प्रशासनतर्फका कर्मचारीको अतिरिक्त आम्दानी स्वरुप बाँडिने उल्लेख छ ।

विस्तारित कार्यक्रम संचालन गर्न अस्पताल प्रमुखको अध्यक्षतामा पाँच सदस्सीय समिति हुने उल्लेख छ । जसको सदस्यमा अस्पताल प्रशासन प्रमुख, लेखा प्रमुख, नर्सिङ प्रमुख र अस्पताल प्रमुखको सिफारिसमा एक जना स्वास्थ्यकर्मी सदस्य सचिव रहने उल्लेख छ ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech