सुर्खेतको वीरेन्द्रनगरमा पनि देखियाे बर्ड फ्लू

    • स्वास्थ्य पेज

  • ९ फाल्गुन २०७७, आईतवार

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरमा बर्ड फ्लू देखिएको छ । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका १२ मा बर्ड फ्लू देखा परेको पशु सेवा विभागले जनाएको छ ।

वीरेन्द्रनगर–१२  का किसानले पालेका कुखुरामा बर्ड फ्लू देखिएको हो । केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमुना परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो । रोग फैलिन सक्ने सम्भावना देखिएपछि दुई सय ७९ कुखुरा, १ सय २ परेवा, २२ अण्डा र ३१ किलो दाना नष्ट गरिएको छ  ।

रोग देखा परेको क्षेत्रलाई पूर्ण निसङ्क्रमण समेत गरिएको विभागले जानकारी दिएको छ । साथै रोग नियन्त्रणमा सहजीकरण गर्न विज्ञ टोली खटिएको छ । गएको माघमा काठमाण्डौको तारकेश्वर नगरपालिकामा देखा परेको बर्ड फ्लू भने नियन्त्रणमा आइसकेको विभागले जनाएको छ ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech