पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य उपचारका लागि आज दिल्ली जाँदै

    • स्वास्थ्य पेज

  • ९ फाल्गुन २०७७, आईतवार

तस्बिर:फाइल

काठमाडौं:स्वास्थ्य उपचारका लागि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज भारत जान लाग्नुभएको छ ।

भट्टराई नेपाल बायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको उहाँको सचिवालयले जनाएको छ । पेटमा समस्या देखिएपछि थप उपचारका लागि भट्टराई दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा जान लाग्नुभएको हो ।

सुरुमा भट्टराईले काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । उहाँमा न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।

भट्टराईसँगै उहाँकी श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे समेत दिल्ली जानुहुनेछ ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech