पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना संक्रमण पुष्टि, १३६ जना उपचारपछि डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ८ फाल्गुन २०७७, शनिबार

काठमाडौं: देशभर कोरोना भाइरस संक्रमित हुनेहरुको कुल संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा मात्र ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३६ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६९ हजार ७५५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

देशभर १ हजार ५३५ जना सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् । ६४ जना कोरोना भाइरस संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचारमा छन्। कोरोना भाइरस संक्रमणका कारण नेपालमा हालसम्म २ हजार ६१ जनाले ज्यान गुमाएका छन् ।

  • ८ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech