कोल्टी स्वास्थ्य केन्द्रमा गर्भवतिको सिजेरियन सेक्शन

    • स्वास्थ्य पेज

  • ८ फाल्गुन २०७७, शनिबार

बाजुराः मुगु खत्याडा-१० निवासी २९ वर्षीया गर्भवती निर्मला चदाराको सिजेरियन सेक्शन गरिएको छ। बाजुराको विकट कोल्टी स्वास्थ्य केन्द्रमा पहिलो पटक सिजेरियन सेक्शन गरिएको हो । ट्रान्सभर्स पोजिसनमा रहेको बच्चा जन्माउन नसकी छट्पटिएर प्रसव पीडामा आएकी महिलाको सफल शल्यक्रिया गरिएको हो।

हेलिकोप्टरबाट नेपालगञ्ज लैजाने तयारी गरिएकोमा स्थानीय स्तरमै आमा बच्चाको ज्यान जोगाउन सकिएकोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको चिकित्सकको टोली खुशी भएको छ।

बाल रोग विशेषज्ञ डा नम्रता सिन्धान, एनेस्थेसिया विशेषज्ञ डा अर्जुन तिवारी र स्त्री प्रसुती रोगमा विशेष अनुभव प्राप्त डा दील शाही रोका, स्टाफ नर्स मुना देवकोटा, अनमी चन्दा कुमारी दानी, अनमी दाना जोशी, अनमी मनिषा रसाइलीको संयुक्त पहलमा उपचार सम्बभव भएको डा अच्युत शाली घिमिरेले बताउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुढीनन्दा नगरपालिकाबीच भएको सम्झौता अनुसार नियमित रूपमा विशेषज्ञ सेवा प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराईदै आएको नगरपालीकाका जनस्वास्थ्य निरीक्षक ओमजंग शाहीले बताउनुभयो ।

  • ८ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech