कोरोनाको उत्पत्तिबारे सूचना उपलब्ध गराउन चीन असफल भएको अमेरिकाको दाबी

    • स्वास्थ्य पेज

  • ८ फाल्गुन २०७७, शनिबार

काठमाडौंः कोरोना भाइरसको उत्पत्तिबारे प्रकाश पार्न सक्ने सूचना उपलब्ध गराउन चीन असफल भइरहेको अमेरिकाले आरोप लगाएको छ ।

भाइरसको सङ्क्रमण सुरु भएको समयमा नै अन्तर्राष्ट्रिय विज्ञहरूलाई पहुँच दिनुपर्ने भए पनि चिनले त्यसो नगरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बताउनुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ )का अनुसन्धानकर्ताको एउटा टोलीले सन् २०२१ को सुरुमै चीनमा चार हप्ता लगाएर अनुसन्धान गरेको थियो । तर त्यसपछि डब्ल्यूएचओको टोलीका दुईजना विज्ञहरूले उनीहरूले खोजेका विवरणमा चीनले पूर्ण पहुँच दिन अस्वीकार गरेको बताएका थिए ।

महामारी पूर्ण स्वरूपमा देखिनुअघि नै पहिचान गर्नका लागि अझ बलियो स्वास्थ्य सुरक्षा प्रणाली आवश्यक रहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले बताउनुभएको छ ।

  • ८ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech