मौसम परिवर्तनसँगै देखिन्छन् यस्ता स्वास्थ्य समस्या, जोगिन के गर्ने ?

यस्ता समस्याबाट बच्न प्रशस्त मात्रामा भिटामिन 'सी' र 'डी' युक्त खानेकुरा खानुपर्छ। यसका साथै फलफूल तथा तरकारी खान बल गर्नुपर्छ। सरसफाइमा ध्यान दिने ,बाहिर निस्कँदा मास्क प्रयोग गर्ने ,बासी खानेकुरा नखाने , शुद्ध पानी खाने, खानेकुरा राम्रोसँग पकाएर मात्रै खाने र प्रशस्त पानी पिउने गर्दा मौसमी बिमारबाट जोगिने सम्भावना धेरै हुन्छ।


    • स्वास्थ्य पेज

  • ८ फाल्गुन २०७७, शनिबार

नेपालमा जाडो सकिएर गर्मी मौसम शुरू हुन लागेको छ। यसरी मौसम परिवर्तन हुँदैगर्दा हामीमा विभिन्न खाले स्वास्थ्य समस्या देखिनेगर्छ। यतिखेर हामीलाई मौसमी ज्वरो सहितको रुघाखोकी र पाचन प्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्याले सताउन सक्छ। अझै, अहिले त अझै कोभिड जस्तो सजिलै एकबाट अर्को व्यक्तिमा सर्न सक्ने संक्रमणबाट हामी जोखिम मुक्त भइसकेका छैनौँ। कोभिड जोखिम कायमै रहेको र मौसम परिवर्त हुने यो समयमा स्वास्थ्यमा विभिन्न समस्या देखिने हुनाले सजगता अपनाउन जरूरी छ।

 देखिन्छन्‌ यस्ता समस्या

यो मौसममा भाइरल ज्वरो, रुघाखोकी, एलर्जी, छालासम्बन्धी रोग, टाइफाइड, झाडापखाला, आउँ, जन्डिसलगायत समस्या देखिन्छ। बाहिरी तापक्रम बदलिँदा शरीरको रोगप्रतिरोधात्मक क्षमता आफैँ घट्दै जान्छ। यसैकारण चाँडै बिरामी होइन्छ। टाउको धेरै दुख्ने र थकावट महसुस हुने पनि यो समयमा देखिने समस्या हो। गर्मी मौसममा भाइरस सक्रिय हुने हुँदा कोरोना भाइरस पनि यो समयमा फैलने जोखिम उत्तिकै छ।

कोरोना र मौसमी संक्रमण यसरी छुट्याउन सकिन्छ

कोरोना भाइरस संक्रमणको र मौसमी संक्रमणको लक्षण उस्तै हुने भएकाले धेरैले छुट्याउन नसकेको पाइन्छ। धेरै लक्षण पनि उस्तै हुन्छ, तर जसलाई रुघाखोकी ज्वरोसहित स्वासप्रश्वासमा पनि समस्या छ भने कोरोना भाइरसको हो भन्न सकिन्छ। तर, अरू लक्षण उस्तै भएपनि श्वासप्रश्वासमा समस्या छैन भने त्यो मौसमी समस्या हो।

यसकारण हुनसक्छ समस्या

मौसमी समस्या देखिनुको प्रमुख कारण असन्तुलित र अनियमित खानपान तथा हिँडडुल नै हो। जाडो याममा मानिस काम नपरेका बेला सकेसम्म घरबाहिर निस्कँदैनन्। तर, गर्मी लागेसँगै बाहिर निस्कन थाल्छन्। बाहिर निस्किएका बेला घर बाहिरको खानेकुरा बढी खान्छन्। अस्वस्थ खानपानले हाम्रो शरीरमा पेट सम्बन्धी समस्या देखा पर्छ। अशुद्ध पानी खानाले पनि समस्या हुन्छ।

यसरी बच्न सकिन्छ

यस्ता समस्याबाट बच्न प्रशस्त मात्रामा भिटामिन ‘सी’ र ‘डी’ युक्त खानेकुरा खानुपर्छ। यसका साथै फलफूल तथा तरकारी खान बल गर्नुपर्छ।सरसफाइमा ध्यान दिने ,बाहिर निस्कँदा मास्क प्रयोग गर्ने ,बासी खानेकुरा नखाने , शुद्ध पानी खाने, खानेकुरा राम्रोसँग पकाएर मात्रै खाने र प्रशस्त पानी पिउने गर्दा मौसमी बिमारबाट जोगिने सम्भावना धेरै हुन्छ।

  • ८ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech