भेरी अस्पतालमा सुरु भयो आँखा उपचार

    • स्वास्थ्य पेज

  • ७ फाल्गुन २०७७, शुक्रबार

नेपालगन्जः भेरी अस्पताल नेपालगञ्जमा शुक्रबारदेखि आँखा उपचार सेवा सुरु भएको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले शुक्रबार आँखा उपचार सेवाको शुभारम्भ गर्नुभयो ।

भेरीमा पहिलो पटक आँखा उपचार सेवा सुरु भएसँगै यसक्षेत्रका नागरिकहरुले सस्तो र सुलभ सेवा पाउने आशा पलाएको छ । आँखा उपचारमा नेपालगन्ज अब्बल मानिन्छ ।

फुलटेक्रामा रहेको आँखा अस्पताल पश्चिम नेपालमा मात्र होइन छिमेकी देश भारतमा समे आँखा उपचारमा उत्तिकै चर्चित रहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले भेरीमा पहिलो पटक आँखा उपचार सेवा सुरु भएको जानकारी दिनुभयो ।

उहाँले अव छिट्टै शल्यक्रिया सेवा समेत सञ्चालन गरिने बताउनुभयो । अहिलेलाई बहिरङ्ग सेवा सुरु भएको जानकारी दिँदै आँखाको उपचारमा पनि भेरीलाई अब्बल बनाइने दावी गर्नुभएको छ ।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech