नेपाल आयुर्वेद चिकित्सक संघले चिकित्सकले लिने परामर्श शुल्क बढायो

    • स्वास्थ्य पेज

  • ७ फाल्गुन २०७७, शुक्रबार

काठमाडौंः नेपाल आयुर्वेद चिकित्सक संघले आयुर्वेद चिकित्सक काउन्सिलमा दर्ता भएका चिकित्सकले लिने परामर्श शुल्क बृद्धि गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति प्रकाशन गर्दै आजैबाट लागु हुनेगरी शुल्क बृद्धि गरेको जनाएको हो ।

यसअघि नेपाल चिकित्सक संघ र एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन नेपाल अफिन ले संयुक्त प्रेस विज्ञप्ति निकालेर बुधवारदेखि शुल्क बढाएको जानकारी गराउँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आपत्ति जनाएको थियो ।

संघले लिने भनेको शुल्क यस्तो छ 
बिएएमएस ५ वर्षभन्दा कम अनुभव भएकाको -३७०
बिएएमएस ५ वर्षभन्दा बढी अनुभव भएकाको -४५०
एमडी\एमएस ५ वर्षसम्म अनुभव भएकाको -६६०
एमडी\एमएस ५ वर्ष देखि १० वर्षसम्म अनुभव भएकाको-६६०
एमडी एमएस १० वर्ष भन्दा बढी अनुभव भएकाको -८२५

यस्तो छ संघको विज्ञप्ति

डाक्टरहरूले दिने परामर्श तथा जाँच शुल्क बढ्यो

 

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech