कोभिड खोप ढुवानी गर्न युनिसेफद्धारा १० वायु कम्पनीसँग सम्झौता

    • स्वास्थ्य पेज

  • ७ फाल्गुन २०७७, शुक्रबार

काठमाडौँः कोभिड महामारी विरुद्धको प्रतिकार्यका लागि अत्यावश्यक औषधि, मेडिकल सामाग्री आपूर्ति गर्ने कार्यमा युनिसेफले विश्वका प्रमुख १० वायुसेवा कम्पनीसँग सम्झौता गरेको छ।

नेपालस्थित युनिसेफको कार्यालयका अनुसार वायुसेवा कम्पनी एयर ब्रिज कार्गो, एयर फ्रान्सरकेएलएम, एस्ट्रल एभिएसन, ब्रसेल्स एयरलाइन्स, कार्गोक्स, क्याथे प्यासेफिक, इमिरेट्स स्काइकार्गो, इथियोपियन एयरलाइन्स, इतिहाद एयरलाइन्स, आइएजी कार्गो, कोरियन एयर, लुफ्थान्सा कार्गो कतार एयरवेज, सउदिया, सिंगापुर एयरलाइन्स लिमिटेड र युनाइटेड एयरलाइन्सले युनिसेफसँग सम्झौता गरेका हुन्।

युनिसेफले गत मंगलबार मानवीय सहायताका लागि हवाइ ढुवानी पहलको सुरुवात गर्दै वायुसेवा कम्पनीसँग सम्झौता गरेको हो।

विश्वभर न्यायोचित रुपमा कोभिड विरुद्धको खोप वितरण गर्न उद्देश्य स्थापित कोभ्याक्स फ्यासिलिटि लाई सहयोग पु¥याउन सम्झौतामा संलग्न वायुसेवा कम्पनीहरुले विश्वका १०० भन्दा बढी देशमा विभिन्न रुटहरुमा खोप पु¥याउने छन्।


Nabintech