पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • ७ फाल्गुन २०७७, शुक्रबार

काठमाडौँः नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार २६३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा झापामा १, पर्सामा १, काठमाडौँमा २३, चितवनमा २३, धादिङमा १, भक्तपुरमा ६ र ललितपुरमा ५ जना संक्रमित थपिएका छन्।

यस्तै कास्कीमा १६, तनहुँका १, नवलपरासीपुर्वमा ३, बागलुङमा २, अर्घाखाँचीमा १, दाङमा १, नवलपरासीमा १, पाल्पामा १, बाँकेमा २, रुपन्देहीमा ७, जाजरकोटमा १ तथा बैतडीमा १ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार शुक्रबार थप १ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ। हाल देशभर १ हजार ५ सय ८३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा २ हजार ९ सय ३१ पीसीआर परीक्षण भएको छ।

गत २४ घण्टामा देशभर थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ। हाल देशभर हालसम्म ६० जना कोरोना संक्रमितको आईसियुमा तथा ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech