शरीरमा रगत कसरी बढाउने ?

    • स्वास्थ्य पेज

  • ८ फाल्गुन २०७७, शनिबार

शरीरमा रगतको समस्या आम मानिसको समस्या बन्न पुगेको छ। शरीरमा रगतको कमी हुनुलाई एनिमिया भनिन्छ। शरीरमा राता रक्तकोषिकामा कमी आउँदा रगत घट्नपुग्छ। कुनै दीर्घ रोग भएका मानिसमा एनिमियाको समस्या बढी हुन्छ।

थकाई लाग्नु, अनुहार पहेलो हुनु, मुटुको धडकन बढ्नु, शरीरमा शक्ति कम हुनु, कपाल फर्नु, ब्लडप्रेसर हाइ वा लो हुनु एनिमियको लक्षण हो। यसबाट जोगिन खाने कुरामा ध्यान दिनुपर्छ।

चुकन्दर रगत बढाउनका लागि निकै दाभदायक हुन्छ। जो मानिस एनिमियाबाट पीडित छन् उनीहरूले चुकन्दर खानु निकै उत्तम मानिन्छ। यसमा लौहतत्वको मात्रा प्रसस्त पाइन्छ। यसमा फाइबर, क्याल्सियम, पोटासियम, सल्फर र भिटामिन पनि पाइन्छ।

जसले शरीरमा रगतको मात्रालाई पुर्तिगर्न महत्वपूर्ण भमिका खेल्छन्। हामी चुकन्दरलाई सलादको रूपमा पनि खान सक्छौं। अथवा यसको जुस बनाएर पनि खान सक्छौं।

यस्तै अनार पनि रगत बनाउनका लागि आवश्यक पर्ने फल हो। यसमा पनि फलाम र अन्य आवश्यक अनिज पाइन्छ। अनारमा क्याल्सियम र म्याग्नेसियम प्रसस्त पाइन्छ। जसले शरीरमा रगतको कमी हुन दिँदैनन्। यसको सेवनबाट रातो रक्तकोषिका पनि बढ्छ। त्यसैले सधै अनार रगत स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।

खजुर लोहाको समृद्ध स्रोत मानिन्छ। यसको सेवनले शरीरमा रगतको कमी हुन दिँदैन। शरीरमा रगतको कमी हुन नदिन सधै बिहान खाली पेटमा खजुर खानुपर्छ।

यस्तै शरीरमा रगतको कमी हुन नदिन हामीले मेथिको पनि प्रयोग गर्न सक्छौं। मेथिमा उच्च मात्रामा लोहा पाइन्छ। जसले राता रक्तकोषिका बढाउन सहयोग गर्छ। मेथिको पात र दाना दुबैको सेवन स्वस्थ्यका लागि फाइदाजनक मानिन्छ।

 

  • ८ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech