काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको परामर्श शुल्क एकलौटी रुपमा बढाइएकोमा ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री हृदेयश त्रिपाठीले कानुनी हैसियत नै नराखी भएको निर्णयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो ।
मन्त्रालयले कोभिडका कारण उत्पन्न आर्थिक शिथिलताका कारण अहिलेको अवस्थामा ११ भदौं २०७१ को मन्त्रालयको पत्रअनुसार परामर्श शुल्क लिन समेत निर्देशन दिएको छ ।