भारतसँग किन्न लागेको खोप दुई हप्तामा आउँछः त्रिपाठी

    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०७७, बिहीबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतसँग खरिद गर्न लागिएको कोभिडविरुद्दको खोप दुई साताभित्र नेपाल आइपुग्ने दावी गर्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयले सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको हो। स्वास्थ्य मन्त्रालयमा विहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढीसकेकाले २ साताभित्र खोप नेपाल आइपुग्ने जानकारी दिनुभयो ।

उहाँले खोप खरिदका लागि भारतको सेरम इन्स्टिच्युटलाई अग्रिम रकम बुझाइएको पनि जानकारी दिनुभयो। खोप नेपाल आएपछि २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । दोस्रो चरणमा ६० वर्ष माथिकालाई खोप दिइने छ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech