नि:शुल्क बाल रोग स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०७७, बिहीबार

नेपालगन्जः बर्दियाको बासगढीस्थित एसओएस स्वास्थ्य केन्द्रमा विहीबार निशुल्क बाल रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उक्त शिविरमा ६० जना बालबालिकाको स्वास्थ्य चेकजाँच गरिएको ओलास्का रामारोशन मेडिकल हलका संचालक सन्तोष शाहले जानकारी दिनुभयो । रामारोशन मेडिकल हल, एसओएस मेडिकल सेन्टर र लायन्स क्लव नेपालगन्ज अफ सेन्ट्रलकाे आयोजनामा स्वास्थ्य शिविर गरिएको हो।

ती बालबालिकाहरुलाई निशुल्क परामर्श सेवासँगै ल्याव र औषधि पनि प्रदान गरिएको शाहले बताउनुभयो । भेरी अस्पताल नेपालगन्जका बालरोग विशेषज्ञ डा.विष्णुबहादुर थापाले बालबालिकाहरुको स्वास्थ्य चेकजाँच तथा परामर्श गर्नुभएको हो ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech