कोभिड खोप खरिदका लागि अर्थ मन्त्रालयबाट एक अर्ब रुपैयाँ निकासा

सरकारले अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप खरीद गर्न लागेको छ।


    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०७७, बिहीबार

काठमाडौंः २० लाख डोज कोभिड विरुद्दको खोप खरीदका लागि अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक अर्ब रुपैयाँ निकासा गरेको छ।

अग्रिम भुक्तानी गर्नुपर्ने भएपछि स्वास्थ्य मन्त्रालयले दुई दिन अघि अर्थ मन्त्रालयमा रकम निकासाका लागि फाइल पेस गरेको थियो। विहीबार सो रकम निकासा गरेको हो।

सरकारले अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप खरीद गर्न लागेको छ।

सरकारले प्रति एक डोज ४ डलर रुपैयाँमा २० लाख डोज खोप खरीद गर्न लागेको छ। त्यसका लागि नेपालले कम्पनीलाई एक अर्ब रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ।

सरकारले उक्त खोप आएपछि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्नेछ। दोस्रो चरणमा ज्येष्ठ नागरिक, कडा रोग भएको व्यक्तिहरुलाई खोप लगाउने छ। सरकारले दोस्रो करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना बनाएको छ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech