काठमाडौंः नेपाल मेडिकल काउन्सिलले एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षाको मिति र समय तालिका प्रकाशित गरेको छ । काउन्सिलका अनुासर इन्जिनियरिङ्ग अध्ययन संस्थान, सुचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकमा बिहान १० बजेदेखि १ बजेसम्म हुने छ।
एमबिबिएस का परीक्षार्थीहरु फागुन ९ गतेदेखि १० गतेसम्म र बिडिएसका परीक्षार्थीहरु फागुन ११ गते परीक्षा हुने बताइएको छ।
यसपटकको दर्ता प्रमाणपत्र परीक्षामा १ हजार ७४ जना एमबिबिएस र २१० जना बिडिएसका परीक्षार्थी सहभागि हुँदैछन्।