निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्युनतम तलब ४२ हजार निर्धारण

    • स्वास्थ्य पेज

  • ५ फाल्गुन २०७७, बुधबार

काठमाडौं : निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्युनतम तलब तोकिएको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)को आज बसेको बैठकले मेडिकल अफिसरको न्युनतम तलब ४२ हजार तोकेको हो।

यसअघि निजी अस्पतालहरुले आफुखुसी तलब दिँदै आइरहेका थिए। केही अस्पतालले मेडिकल अफिसरको मासिक तलब २० हजारसम्म दिने गरेको पाइएको छ।

संघ र अफिनले सरकारी सेवामा रहेका मेडिकल अफिसरको सरहक निजी अस्पतालमा काम गर्नेले पनि तलब पाउनु पर्ने भन्दै ४२ हजार तलब तोकेको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिनु भयो ।

निजी अस्पतालमा काम गर्नेहरुले पनि सरकारी सरहक सुविधा पाउन सकुन भनेर न्युनतम तलब तोकिएको उहाँको भनाइ छ  ।

उहाँले अफिनले उक्त निर्णय कार्यान्वयनमा ल्याउन निजी अस्पतालहरुमा पत्राचार गर्ने तयारी गरेको समेत जानकारी दिनुभयो।

संघ र अफिनको आज बसेको बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय समेत गरेको छ।

  • ५ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech