कोरोना खोपको दोस्रो अभियानमा कति सहभागी होलान ?

    • स्वास्थ्य पेज

  • ४ फाल्गुन २०७७, मंगलवार

काठमाडौंः कोरोना भाइरस विरुद्धको खोप पहिलो प्राथमिकताको दोस्रो अभियानमा दुई लाख ६२ हजार आठ सय ७६ जनाले सहभागिता जनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड खोपको पहिलो प्राथमिकताको दोस्रो अभियान आइतबारदेखि देशभर संचालन भएको छ । भारतले दिएको १० लाख डोज भित्रबाटै यो अभियान चलाइएको हो । चार लाख ३० हजारलाई लगाउने अभियान अझै पूरा नभएपछि पुनः दोस्रो अभियान चलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतमले सात दिन भित्र दुई लाख ६२ हजार आठ सय ७६ जनाले खोप लगाउने अपेक्षा गरेको बताउनुभयो।

दोस्रो अभियानमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधी र कर्मचारी, निजामती सेवाका कर्मचारी, जनपद प्रहरी, सशस्त्र (बोर्डरमा खटिने मात्र), बैक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवा, समूहका कर्मचारी (अदालत, सरकारी वकिल कार्यालय) र पत्रकारहरू रहेका छन् ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech