नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन

    • स्वास्थ्य पेज

  • ४ फाल्गुन २०७७, मंगलवार

जुम्लाः तिला गाउँपालिका– ३ कुडारीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सुञ्चालन गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेत र जिल्ला आयुर्वेद कार्यालयको आयोजनामा निस्शुल्क आयुर्वेद स्वास्थ्य शिविर चलेको हो ।

गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले ६५ वर्षीय ददिमल रावत र ६० वर्षीया हैता रावतलाई शक्तिवद्र्धक च्यवनप्राश दिएर शिविर सञ्चालन भएको थियो । पिछडिएका नागरिकका लागि यो शिविर निकै उपलब्धिपूर्ण भएको बताउँदै उपाध्यक्ष बुढाले लामो समयदेखि रोग पालेर बसेका जनताको लागि राहत मिलेको बताउनुभयो ।

अतिविपन्न नागरिकका लागि स्वास्थ्य सेवा लिन सदरमु्काम खलंगासम्म पुग्न पनि कठिन छ । यो समयमा गाउँमै निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर बसेपछि निकै राम्रो सहयोग मिलेको उहाँको भनाइ छ ।

यो शिविर जुम्लाको तिला गाउँपालिकामा मात्र चलेको हो । यहाँ तातोपानी, हिमा र गुठिचौर सम्मका बिरामी स्वास्थ्य जाँच गर्न पुगेका थिए । तिला गाउँपालिकाका स्वास्थ्यकर्मी उत्तम देवकोटाले शिविरमा उत्साहपुर्वक स्वास्थ्य जाँच गराउन स्थानीय सहभागी भएको बताउनुभयो। निः शुल्क शिविरले निकै राहत मिलेको छ ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech