थपिए १०५ कोरोना संक्रमित, मृत्यु शून्य

    • स्वास्थ्य पेज

  • ४ फाल्गुन २०७७, मंगलवार

काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य छ । तर १०५ जना संक्रमित थपिएका छन् । तीन हजार ३६० जनाको पीसीआर परीक्षण गरिएकामा १०५ जनाको नतिजा पोजेटिभ आएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ । त्यस्तै चौबीस घण्टामा ९९ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ ।

हाल क्वारेन्टिनमा ७४ जना छन् भने आइसोलेसनमा एक हजार ५८७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech