स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरवार सार्ने तयारी

    • स्वास्थ्य पेज

  • ४ फाल्गुन २०७७, मंगलवार

काठमाडौंःस्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारमा सारिने भएको छ । सिंहदरवारको हाता बाहिर रहेको एक मात्र यो मन्त्रालय पनि सिंहदरबार परिसरमा सारिने भएको छ ।

स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएर तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार हाता भित्र सार्ने तयारी गर्न निर्देशन दिनुभएको ।

अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा रहेको भवन खाली हुँदै गर्दा त्यही भवनमा स्वास्थ्य मन्त्रालय राख्ने या त्यहाँ अर्को मन्त्रालयलाई ल्याएर सो मन्त्रालय रहेको भवनमा स्वास्थ्य मन्त्रालय राख्ने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन् ।

भूकम्पका कारण क्षति भएको सिंहदरबारको पुर्ननिर्माण भएसँगै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय त्यहाँ सारिँदै छ । यसअघिका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि मन्त्रालयलाई सिहंदरबार लगेमा स्वास्थ्यमा रहेको ५० प्रतिशत समस्या आफै हट्ने भन्दै पटकपटक सारिने बताउँदै आउनुभएको थियो ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech