हड्डीको क्यान्सरबाट पीडित सुकी दमाईको निःशुल्क उपचार हुने

    • स्वास्थ्य पेज

  • ४ फाल्गुन २०७७, मंगलवार

अछामः हड्डीको क्यान्सर रोग लागेकी अछामकी सुकी दमाईको उपचार हुने भएको छ । हड्डीको क्यान्सरबाट पीडित दमाई आर्थिक अभावमा उपचार हुन नसकेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपनि उहाँको उपचारका लागि काठमाडौंका अस्पतालमा पहल गरिएको थियो।

अछाम मंगलसेन नगरपालिका वडा नम्बर ७ की ६२ वर्षिया सुकी दमाईको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा निशुल्क उपचार हुने भएको उहाँको उपचारको पहलमा जुट्नुभएका बाजुराका समाजसेवी दिपक बहादुर विष्टले जानकारी दिनुभयो।

बयलपाटा अस्पतालका वरिष्ठ सुचना प्रविधि अधिकृतका रुपमा कार्यरत विष्टले एक वर्षदेखि आर्थिक अभावमा उपचार हुन नसकेको समाचार पढेपछि निशुल्क उपचारका लागि पहल गरेको बताउनुभयो ।

एक बर्ष देखि थला परेकी उहाँलाई अप्ठ्यारो भएको थाहा पाएपछि सोही वडाका युवाले उपचारमा सहयोग पुर्‍याउन गाँउमै आर्थिक सहयोग अभियान समेत सुरु गरेका थिए। उहाँलाई विष्ट तथा अन्य स्थानीयको पहलमा काठमडौं पठाइएको छ। अहिले सुकीको लागि अछाम देखि देशविदेशमा समेत आर्थिक संकलन भईरहेको छ बताइएको छ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech